August 03, 2021
साउन १९,२०७८ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सुरु हुने जनाएको छ । पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा सुचारु छ ।
कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको नियन्त्रक पुष्पराज जोशीले बताए । ‘१९ महिनादेखि रोकिएको परीक्षा सुचारु राखेका हौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहन्छ ।’
स्नातकमा ३० हजार र स्नातकोत्तर तहका ४२ हजार परीक्षार्थी रहेका छन् ।
Go to News Source