June 15, 2021
असार १,२०७८ काठमाडौं ।
सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
पाल्पाको डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । यस्तै राम्दी सीता पहाडबाट पहिरो खस्दा बर्तुङ-स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भएपनि अविरल भारी वर्षाका कारण केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Go to News Source