Posted Date :15,August 2022
Date 25 Aug,2022
Venue : Namche Bazaar
Time : 0 am
१)खेल हुने मिति र स्थान
#मिति २०७९ भद्र ९,१०,११गते
#स्थान: जम्बाला होम अगाडीको खेल मैदान, खुम्बु पासाडं ल्हामु गाउपालिका-५ नाम्चे सोलुखुम्बु ।
२)खेलका नियमहरु
#खेल मान्यता प्राप्त रेफ्री द्वारा प्रचालित अन्तरराष्टि्य नियम अनुसार खेलाइने छ।
#टिम दर्ता शुल्क ५०००/-लाग्ने छ ।
#मिति २०७९ भद्र ८ गते कार्यलय समय भित्र टिम दर्ता गराई सक्नु पर्ने छ।
#एक टिममा बडिमा ९ जना खेलाडी हुनु पर्ने छ ।
#खेलमा सहाभागी टिमले खाने बस्ने ब्यवास्था आफैले गर्नुपर्ने छ र स्थानिय संग सहाकार्य गरी सहुलियत दरमा खाना र बस्न ब्यवास्थापनको समन्वयन गरिदिने छ ।
#दर्ता भएको टिमहरुले आयोजकको शर्त लागु गर्नु पर्ने छ |
प्रत्येक टिमले आफ्नो वडामा खेलाडी हरु को बिवारण पेश गरी वडाबाट सिफारिस ल्याउनु पर्ने छ |
#खुम्बु पासाडंल्हमु गाउपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने खेलाडीलाई मात्र खेलमा सहाभागी गराईने छ |
#टिम दर्ता गर्दा खेलाडीको नागरिकको प्रमाण पत्र को प्रतिलिपि, बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको पर्तिलिपि र नागरिकता नबनाएकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिबार्य रुपमा पेश गर्नु पर्ने छ ।
#दुई वटा वडालाई कार्यक्षेत्र बनाएर गठन भएको क्लब वा युवा समुहको हकमा बाहेक एउटा वडाको खेलाडी अर्को वडाबाट खेल्न पाइने छैन ।
#एउटै खेलाडीले एक भन्दा बडी टिममा नाम दर्ता गराइएको पाइएमा उक्ता खेलाडीलाइ कुनै पनि टिमबाट खेल्न दिईने छैन|
#यस प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्ने खेलाडीहरु मध्येबाट ९ जना खेलाडी छनौट गरी गाउपालिका स्तरिय टिम छनौट गरी माथिल्लो प्रतियोगिताहरुमा सहाभागी हुने अवसर प्रदान गरिनेछ।
#दर्ता भइसकेको टिमका सम्पुर्ण खेलाडी हरू ऊद्घाटन सत्रमा खेलकुद पोशाक(जर्सी)र संस्थाको झण्डा सहित अनिबार्य उपस्थित हुनु पर्ने छ ।
#कुनै पनि राजनितिक पार्टी र पार्टीसंग सम्बन्धित भातृ संगठन हरुको टिमलाइ खेलमा सहभागी गराइने छैन ।
#निर्णायक मन्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ |
३)पुरस्कारहरु:
प्रथम: गोल्ड कप, मेडल र प्रमाण पत्र
दितिय: ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद रु. ६०,०००।
तृतिय: ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद रु. ४०,०००।
उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर लाई ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ।
नोट: यसै सुचनालाई आधार मानेर यस खुम्बु पासाडंल्हामु गाउपालिका भित्रका स्थानिय सम्पुर्ण खेलाडी बर्गमा तयारी भईदिनुहुन हार्दिक अनुरोध गर्दछु।
सम्पर्कको लागी: ९८४२९३९४४४/
९८०३०५८४४१/
९८४१२२३७८०/