November 17, 2019
खुम्बु पासाङल्हमु गाउपालिका तीन मञ्जु सोलुखुम्बुमा रहेको एभरेष्ट जुडो क्लबलाई अन्तराष्ट्रिय जुडो संघले सहयोग स्वरुप पठाएको २४ वटा म्याट काठमाण्डौँ बाट लुक्ला पुर्याउन खुम्बुपासाङल्हमु गाउपालिका ३ निबासी तथा यति एयरलाईन्समा कार्यरत दावा ग्याल्जेन शेर्पाले आर्थिक सहयोग गर्नुभएको छ । शेर्पाको आर्थिक सहयोगमा शुक्रबार म्याट लुक्ला पुगेको हो ।
अन्तराष्ट्रिय जुडो संघले सेप्टेम्बरमा सहयोग स्वरुप २४ वटा म्याट एभरेष्ट जुडो क्लबलाई सहयोग गरेको थियो ।
सन २०१६ मा खुम्बु पासाङल्हमु गाउपालिका तीन मञ्जु सोलुखुम्बुमा स्थापना भएको एभरेष्ट जुडो संघलाई अष्ट्रियाका खेलाडी सबृनाको पहलमा उक्त म्याट सहयोग प्राप्त भएको थियो ।
म्याट सबृनाको हातबाट सेप्टेम्बर ११ तारीखमै ,काठमाण्डौमा एभरेष्ट जुडो क्लबका प्रशिक्षक काजी शेर्पाले लिएपनि काठमाण्डौबाट लुक्ला पर्यटकिय सिजन चलेपछि निश्चित ठाँउ सम्म पुर्याउन नसकेको म्याटलाई शुक्रबार कार्गो गरी लुक्ला पुर्याएको एभरेष्ट जुडो क्लबका प्रशिक्षक काजी शेर्पाको भनाईलाई उद्रित गर्दै मञ्जो सामुदायिक स्वास्थ्य क्लिनिकका अहेब ल्हाक्पा गेल्जेन शेर्पाले जानकारी दिनुभयो । प्राप्त भएको म्याटलाई जुडो क्लबममा पुराएर प्रयोगमा ल्याउने पनि उहाले जानकारी दिनुभयो ।
त्यस्तै म्याट लुक्ला लैजान आर्थिक सहयोग गर्नुहुने दावा ग्याल्जेन शेर्पा र अन्तराष्ट्रिय जुडो संघलाई एभरेष्ट जुडो क्लब परिवारले आगमी दिनमा पनि सहयोगको अपेक्ष गर्दै धन्यबाद समेत ब्यक्त गरेका छन् ।
Source: Good Morning Times