February 24, 2020
संयुक्त राज्य अमेरिकामा विभिन्न पेशा र ब्यबसाय गरिरहेका शेर्पाहरुले सामुहिक लगानीमा अमेरिकाको न्युमेक्सिकोमा ब्यापार शुरु गरेको छ। शेर्पा इन्टरन्यासनल एलएलसी कम्पनीमार्फत न्यूमेक्सिको राज्यको अल्बक्वर्की मेट्रोपोलिटन सिटीमा ग्यास स्टेसन, स्टोर र रियल स्टेटमा करिब सात मिलियन डलर भन्दा बढी लागनी गरी ब्यापार संचालन गरी रहेको छ । उक्त कम्पनीले हल करिब चालीस जनालाई प्रत्यक्ष रोजगारी दिईरहेको छ भने थोरै लागनीमा ब्यापार गर्न चाहनेहरुलाई पूर्ण तालिम प्रदान गरी ब्यापार गर्ने अवसर पनि दिईरहेको छ।  समाजको सामाजिक आर्थिक रुपन्तारणको लागि सामुहिक लगानीको आवश्यकतालाई मध्येनजर राख्दै शुरु गरिएको उक्त ब्यापारलाई बिस्तार गरी अन्य बिभिन्न क्षेत्रमा लगानी गर्ने र ब्यापार ब्यवसायबाट प्राप्त मुनफाको केही प्रतिशत सामाजिक सेवा र परोपकारी क्षेत्रमा समेत काम गर्ने कम्पनीको योजना रहेको छ।  अमेरिकाकै सबै भन्दा आग्लो स्थानमा अवस्थित अल्बक्वर्की मेट्रोपोलिटन सिटी अमेरिकाकै ठुलो सिटी मध्येमा पर्दछ । नेपालको हिमाली क्षेत्रको भौगोलिक भू-बनोटसँग मिल्ने अल्बक्वर्की सिटीलाई प्राकृतिक सुन्दरताले भरिपूर्ण, कलात्मक र आध्यत्मिक क्षेत्रको रुपमा पनि चिनिन्छ। प्रत्येक बर्ष आयोजना हुने विश्वकै सबै भन्दा ठुलो बेलुन पर्व, सन्डिया पर्वत र कलात्मक शैलीमा बनाएका अदिबाशी पुएब्लोसका समुदायका घरहरु राखेर बिभिन्न पुरातत्विक महत्वका स्थानहरु अवलोकन गर्न पनि लाखौं पर्यटक भित्रिन्छ। अल्बक्वर्की विश्वकै सबै भन्दा धनी ब्यक्तीहरु अमेजनका मालिक जेफ बेजोको जन्म स्थान हो भने र माईक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सले सबै भन्दा पहिलो माईक्रोसफ्ट कम्पनी स्थापना भएको स्थान पनि हो। नेट्फ्लिक्स दोश्रो हेडक्वटर, इन्टेल लगायत बिभिन्न टेक कम्पनीहरुको टेक कोरिडरको रुपमा बिकास भैइरहेको अल्बक्वर्कीलाई सिलिकन भेल्लीसँग पनि तुलना गरिन्छ। बाह्रै महिना घाम लागिरहने,अत्यन्त राम्रो मौसाम, बातावरण र बस्नको लागि किफायती भएको कारणले पनि यो स्थान अमेरिका भरीकै मानिसहरुको आकर्षक केन्द्रको रुपमा बिकास भैरहेको देखिन्छ।