September 28, 2021
असोज १२, २०७८ काठमाडौं ।
राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।
बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।
सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ । देउवा प्रधानमन्त्री बनेको अढाई महिना हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको थियो ।
मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने बालुवाटार स्रोतले पुष्टि गरेको छ ।
Go to News Source