December 06, 2021
मंसिर २०, २०७८ काठमाडौं ।
केही दिनयता लगातार घटेको शेयर बजार आज सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अङ्कले बढेर दुई हजार पाँच सय ४६ दशमलव शून्य आठ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैंक, उत्पादन, फाइनान्स र बीमा समूहको शेयरमा राम्रो वृद्धि देखिएको छ ।
आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । आज दुई सय २७ कम्पनीका ९४ लाख ७१ हजार कित्ता शेयर चार अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।
Go to News Source