सोल्च्या पिउँन पुगे भरिएको कपलाई बिर्को छोपेर थपक्क राख्नु पर्छ
June 22, 2022
कुनै समयमा एक जना राणा हाकिम सोलुखुम्बुको शेर्पा गाउँमा पुगेछ I राणा हाकिमलाई शेर्पाले सम्मान पुर्बक शेर्पा सोल्च्या अर्थात शेर्पा नुन-चिया एक कप पिउन अग्र्हा गरेछ I राणा हाकिमले सुर्र एक मुख सोल्च्या पिएछ I राणा हाकिमले सोल्च्या पिएको देखेर शेर्पाले खुशी हुँदै सोधेछ "हाकिम सोल्च्या कस्तो लाग्यो ?" I राणा हाकिमले जवाफ दिएछ " तिम्रो सोल्च्यामा नुन र घिउ खुबै राम्रो लागेछ, तर खुर्सानी कम भाछ" I
सोल्च्या अर्थात शेर्पा नुन-चियाको ७तौ सताव्दी पौराणिक कथा रहर लाग्दो नै छ I भनिन्छ, पौराणिक कालमा हिमाली क्षेत्रमा चिया चाईनाको भू-भागमा उमार्थे I कलिलो चियाको पत्ताहरु सुन भन्दा महंगो थियो I चिया बगानमा कामगर्नेहरु सबैलाई यी कलिलो पत्ता चिया काम सके पछि लैजाला भनेर पुरै चेकिङ्ग गरिन्थ्यो I
त्यस्ता चिनिया चिया बगानमा कामगर्नेहरु शेर्पाहरु पनि थिए I शेर्पाहरु ईमान्दार थिए I चिया बगानका मालिकलाई आफुले टिपेको कलिलो चियाको पत्ताहरु बुजाए पछि अन्य कम्सल खालका चिया पत्त र कलिलो हाँगाहरु घर लैजाना अनुमति लिन्थे I
चिया बगानमा चेकिङ्गको कारणले कामदारहरुले कुनै झोला लाना पाउदैन थिए I शेर्पाहरुले त्यो बेला दोचा (छाले जुत्ता) लाउँथे I चिया बगानका मालिकले लाना अनुमति दिएका कम्सल खालका चिया पत्त र कलिलो हाँगाहरु लैजाना, त्यहि दोचाहरु (छाले जुत्ता) भित्र खुब कोचेर हाल्थे I यसरि असलि शेर्पा च्याको आकार नै ईट्टाको जस्तो हुन्थे I
हुन त सोल्च्या अर्थात शेर्पा नुन-चिया हिमाली भेगका अन्य बौधधर्म मार्गी समुहहरुले पनि पिउँछन् I तर, असलि शेर्पाहरुले भनाउने सोल्च्या र अन्य समुहले भनाउने "च्या" को स्वाद भने फरक नै छ I अन्य समुहले भनाउने "च्या" को स्वादमा कुनै नुन कम, कुनै नुन चर्को, कुनै घिउ कुहिएको गन्द र कुनैमा घिउ कन्जुसी रहेको स्वाद हुन्छन I
असली शेर्पा सोल्च्या, पुरानो ढुस्सिएको चिया पत्ति बेस्मारी उमालेर त्यसमा नुन, धिउ हालेर एउटा बेशेष प्रकारको चिया तार्ने काठको लामो ठेलीमा कस्सिएर तारीतारी भनाईन्छ I असलि शेर्पाहरुले भनाउने सोल्च्या को स्वाद भने चिया, नुन, घिउ सबै चटक्क मिलेको सुर्रसुर्र पिउँन मनलायक हुन्छ I
सोल्च्या, अर्थात शेर्पा नुन-चिया पिउनको फाईदाहरु पनि धेरै छन् I शेर्पा समाजमा सोल्च्या नै पाहुना सत्कारको पहिलो परिकार हुन्छ I सोल्च्या पिए पछि शरीर नै तातो हुन्छ, कुराकानी (गफ) मिठो हुन्छ I सोल्च्यामा रहेको घिउमा चिसो उचाईको लागि शरीरलाई चाहिने क्यालोरी (शक्ति) प्राप्त हुन्छ I सोल्च्यामा रहेको घिउले च्याप्स्टीकको पनि काम गर्छ I त्यसैले सोल्च्या पिउने शेर्पाहरुको ओंठ फुटेको हुन्न, पक्किलो देखिन्छ I
सोल्च्या, अर्थात शेर्पा नुन-चिया बिहानी पिठो-खोले (चम्पा-ब्रेकफास्ट) भनाउन पनि प्रयोग गरिन्छ I सोल्च्या, अर्थात शेर्पा नुन-चिया पिउने र पिलाउने संस्कार पनि बढो अनौठो छ I संस्कारिक शेर्पा घरमा सोल्च्या पिलाएको पिलाएकै हुन्छ I एक कप सोल्च्या पिई सक्न साथ् फेरी श्येशे गर्दै थपि हाल्छ I जति पिउंदै जान्छ फेरीफेरी थपि हाल्छन I जब आफुलाई सोल्च्या पिउँन पुग्यो तब भरिएको कपको सोल्च्यालाई बिर्को छोपेर थपक्क राख्नु पर्छ I अनि मात्र शेर्पा घरमा सोल्च्या थपिन्न I